पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी

पाेखरा | चैत १०, २०८१

पिएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, मतदान जारी

पोखरा:   पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते निर्वाचनको मिति  तोकेपनि निर्वाचन अधिकृतबाट मतपत्रमा त्रुटि हुँदा मतदान हुन सकेको थिएन । 


चैत ६ गते बसेको सर्वपक्षीय बैठकले चैत १० गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन हुन लागेको हो । २०६५ साल यता स्ववियूको निर्वाचन हुन सकेको थिएन ।

 

अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएर चुनावमा होमिएका छन् । यहाँ ९ हजार २७० विद्यार्थी रहेका छन् ।


अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नविन अधिकारी, अनेरास्ववियूसहितका संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले उम्मेदवारी दिँदा विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा चुनावी मैदानमा छन् ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्