पिएन क्याम्पसमा मतदान सकियो, खस्यो २ हजार ८ सय ९७ मत

पाेखरा | चैत १०, २०८१

पिएन क्याम्पसमा मतदान सकियो, खस्यो २ हजार ८ सय ९७ मत

पोखरा:   पृथ्वी नारायण क्याम्पस पोखरामा स्ववियु निर्वाचनको मतदान सकिएको छ ।

 

बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसँगै सकिएको हो ।

 

निर्वाचन समितिका अनुसार कुल २ हजार ८ सय ९७ मत खसेको छ । 

 

क्याम्पसमा कुल ९ हजार २ सय ७० विद्यार्थी मतदाता छन् ।

 

उक्त मतगणना भने सर्वदलीय बैठकपछि सुरु गरिने बताइएको छ ।

 

सभापतिमा ८ जनाको प्रतिस्पर्धा 

 

स्ववियु सभापति पदका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

अनेरास्ववियुबाट विष्णु पोखरेल, नेविसंघबाट सुशील न्यौपाने, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी, अनेरास्ववियु, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) संयुक्त प्यानलबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ, स्वतन्त्र उम्मेदवारका रूपमा विप्लवी न्यौपाने र कमल सुवेदी चुनावी मैदानमा छन्।

 

क्याम्पसमामा १६ वर्षपछि हुन लागेको यस क्याम्पसको स्ववियु निर्वाचनलाई विशेष महत्वका साथ हेरिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्