हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला | चैत ११, २०८१

हुम्लामा रैथाने बालीको मूल्य निर्धारण

हुम्ला:  जिल्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण गरिएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालु आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।


नयाँ मूल्यअनुसार चिनोको चामल प्रतिकेजी रु १८०, कागुनोको चामल प्रतिकेजी रु १८०, सिमी प्रतिकेजी रु १७०, तिते फापर प्रतिकेजी रु १००, मिठे फापर प्रतिकेजी रु १२०, उवा प्रतिकेजी रु १२० र कोदो प्रतिकेजी रु १०० मूल्य निर्धारण गरिएको छ ।


चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा रु पाँचले बढाइएको छ भने सिमीमा प्रतिकेजी रु १० बढाइएको छ । 


यी सबै रैथाने बालीको खाद्यान्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रुपमा मूल्य निर्धारण गर्न सुरु गरिएको यो तेस्रो वर्ष हो । 


बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।

काठमाडौं:  स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन...

थप पढ्नुहोस्

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् ।  बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका ह...

थप पढ्नुहोस्

काठमाडौं:  ‘शान्ति, सुरक्षा र प्रतिबद्धता’ भन्ने मूल नारासहित राष्ट्र र जनताको सेवामा कटिबद्ध सशस्त्र प्रहरी बल नेपालले आजदेखि आफ्नो गौरवपूर्ण २५ वर्षे यात्रा पूरा गरेको छ । तत्कालीन समयको वि...

थप पढ्नुहोस्