अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका

पाेखरा | चैत १३, २०८१

अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका

पोखरा:  अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका पछि उद्धार टोली घटनास्थल पुगेको छ । 


अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका दुई भारतीय नागरिकले चैत ११ गते देउरालीमा गएको हिम पहिरोमा एक पर्यटक पुरिएको सूचना प्रहरीलाई दिएका थिए । 


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबावु ओलियाले अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका एक पर्यटक हिम पहिरोमा पुरिएको सूचनापछि उद्धार टोली घटनास्थलमा पुगेको जानकारी दिए । 


‘अन्नपूर्ण बेस क्यामबाट फर्किदै गरेका दुई भारतीय नागरिकले आफु भन्दा अगाडि रहेका एक पर्यटक देउरालीको हिमपहिरोमा पुरिएको आशंका गर्दै प्रहरीलाई खवर गरेका थिए’, प्रहरी प्रमुख ओलियाले भने, ‘उनीहरुले दिएको सूचनाका आधारमा घान्द्रुक प्रहरी चौकी, जनप्रतिनिधि र पर्यटक प्रहरीको टोली घटनास्थलमा पुगेको छ, हिम पहिरोमा पर्यटक पुरिएको हो या होइन उद्धार टोलीले सूचना दिएपछि पुष्टि हुन्छ ।’


उद्धार टोलीमा खटिएका एक सुरक्षाकर्मीका अनुसार हिमपहिरोमा पर्यटक पुरिएको आशंका पछि प्रहरी, जनप्रतिनिधि र स्थानीय गरी २५ जनाको टोली घटनास्थलमा पुगेको छ । 


घटनास्थलमा बिहान र बेलुका मात्र खोजी कार्य गर्न सकिने उद्धार टोलीका एक सदस्यले जानकारी दिए । घटनास्थल पुग्न घान्द्रुकबाट तीन दिन लाग्ने उद्धारकर्मीहरुले बताएका छन् । 

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको छ । केन्द्रीय बैङ्कले क, ख र ग वर्गका बैङ्क तथा वि...

थप पढ्नुहोस्

काठमाडौं:  जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आगामी दुई महिनासम्म भेला प्रदर्शन, धर्ना र जुलुसजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरेको छ ।  प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा ...

थप पढ्नुहोस्