मनासलु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

गोरखा | चैत १४, २०८१

मनासलु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

गोरखा:   उत्तरी गोरखास्थित मनासलु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा आज बिहान हिँड्ने क्रममा अचानक ढलेर घाइते हुनुभएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । 

    
“शेर्पा आइएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको पथप्रदर्शकका रूपमा यहाँ आएका रहेछन्”, उहाँले भन्नुभयो, “हिँड्ने क्रममा अचानक ढल्दा टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि धार्चे आधारभूत अस्पताल लगिएको थियो ।” 

    
प्रनाउ सुवेदीका अनुसार शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

थप पढ्नुहोस्

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी ...

थप पढ्नुहोस्