ल्वाङगाउँमा ३१ औं चैत्र दशैं मेला हुने, भलिबलको उपाधि राशी १ लाख १० हजार
पाेखरा | चैत २०, २०८१
पोखरा: कास्कीको पर्यटकीय गाउँ ल्वाङमा ऐतिहासिक ३१ औं चैत्र दशैं मेला आयोजना हुने भएको छ ।
स्थानीय ग्रिनहिल युवा क्लबले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा ‘चैत्र दशैं मेलाको निकाश, पर्यटन संस्कृति र ग्रामिण पर्यटनको विकास’ भन्ने नारासहित मेला आयोजना हुने भएको हो ।
क्लबका अध्यक्ष सुजन गुरुङका अनुसार उक्त मेला यही २४ गतेदेखि २७ गतेसम्म ल्वाङगाउँको खेलमैदानमा सञ्चालन हुनेछ ।
सो मेलामा मुख्य आकर्षणको रुपमा क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता समावेश गरिएको अध्यक्ष गुरुङले बताए ।
पुरुष भलिबलतर्फको विजेता टिमलाई नगद १ लाख १० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
यस्तैे उपविजेता टिमलाई नगद रु ६० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । तृतीय स्थान हाँसिल गर्ने टिमले नगद रु २० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमलाई नगद रु १० हजारले पुरस्कृत गरिनेछ ।

यसैगरी महिलातर्फ प्रथम हुने टिमलाई नगद रु २० हजार, द्वित्तियलाई १० हजारसहित शिल्ड, मेडल तथा प्रमाणत्र प्रदान गरिने खेल संयोजक अनोद गुरुङले बताए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि फोनमार्फत पनि –९८०६६२५९८६, ९८१४११७२७७, ९८२७१६००३३, ९८४६५२८०२९ र ९७०८२४८०९२) टिम दर्ता गराउन सकिने क्लबका सचिव निरोज गुरुङले जानकारी दिए ।
उनका अनुसार सो मेलामा छेलो हान्ने, रस्साकस्सी, म्युजिकल चियर,बेलुन फुटाउने प्रतियोगिता, विविध साँस्कृतिक कार्यक्रम, लाइभ कन्र्सट, ख्यातीप्राप्त लोक तथा दोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ ।

काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबा...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक...
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित ह...

