बागलुङमा पिकअप जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ३ घाइते
बाग्लुङ | चैत २१, २०८१

बागलुङमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्लाको गलकोट नगरपालिका–३ हटिया बजारदेखि कोट मैदान जाँदै गरेको ग१ज ६१०० नम्बरको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका-११ रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको हो ।
दुर्घटनामा गलकोट–५ सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर ४ डाँडा खेतका १९ वर्षीय रमेश सुनार र वडा नम्बर ३ बोहराफाँटका १९ को अशोक बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
पिकअपमा चार जना सवार रहेको उनको भनाइ छ ।
घाइते तीन जनाको गलकोट नगर अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिए । चैते दसैँ मेलाका लागि कोट मैदान जाँदै गर्दा पिकअप दुर्घटनामा परेको उनले बताए ।
काठमाडौं: नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन आगामी मङ्सिर २६ देखि २८ गते हुने भएको छ । निर्देशन समितिको प्रस्तावअनुरूप उक्त मितिमा अनिवार्य सम्पन्न गर्नेगरी त्यही मितिसम्मका लाग...
पोखरा: गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबारदेखी सुरु...
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नंम्बर २ स्थित माछापुच्छ«े मा.बि. नाउँडाडामा खानेपानी टंकीको शिलान्यास गरिएको छ । लायन्स क्लब अफ पोखराको आयोजना, लियो क्लब अफ पोखरा अन्नपूर्णको संयोजन ...