वडासदस्य गोदारको निधनपछि आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
स्याङ्जा | चैत २१, २०८१
स्याङ्जाको आँधीखोला गाउँपालिकाले शुक्रबार शोक बिदा दिने भएको छ ।
वडा – २ का वडा सदस्य नरबहादुर गोदारको निधन भएकोले शोक बिदा दिइएको हो ।
केहि समयदेखि बिरामी रहेका गोदारको उपचारका क्रममा निधन भएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए ।
वडा सदस्य गोदारको ५६ वर्षको उमेरमा निधन भएकोप्रति दु:ख प्रकट गर्दै गाउँपालिका अध्यक्ष पौडेलले दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।
गाउँपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, विषयगत शाखा तथा पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय एवं पालिका अन्तर्गतका संघ संस्थाहरुमा शुक्रबारका दिन शोक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

