अपडेट: हिमपहिरोमा बेपत्ता चिनियाँ नागरिक १३ दिनपछि मृत फेला
पाेखरा | चैत २३, २०८१
पोखरा: अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गर्दा देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका चिनियाँ नागरिक मृत फेला परेका छन् ।
यही चैत ११ गते अन्नपूर्ण बेस क्याम्पबाट एक्लै फकिैदै गरेका २७ वर्षीय चिनियाँ नागरिक चेङ योङयन देउरालीको हिम पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।
अन्नपूर्ण बेस क्याम्पबाट फर्किदै गरेका पर्यटक बेपत्ता भएको सूचनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको टोलीले हिम पहिरोमा बेपत्ता भएका चिनियाँ नागरिक चेङलाई १३ दिनपछि मादी नदीको किनारामा मृत फेला पारेको हो ।
यो पनि पढ्नुहोस
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...


