नेपाल ६ विकेटले विजयी
काठमाडाैं | चैत २८, २०८१
काठमाडौं: हङकङमा जारी चार देशीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले कुबेतलाई छ विकेटले पराजित गरेको छ ।
कुबेतले दिएको १८६ रनको लक्ष्य नेपालले १८ दशमलव ५ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ५० बल खेल्ने क्रममा छ चौका र छ छक्काको सहयोगमा ८१ रन बनाए भने शेखले ३८ बल खेल्ने क्रममा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाए । साथै दीपेन्द्र सिंह ऐरीले १२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३१ रनको महत्वपूर्ण योगदान दिए ।
कुबेतका लागि यासिन पटेलले दुई विकेट लिए भने मोहम्मद सफिक र मोहम्मद आस्लामले एक÷एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कुबेतले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १८५ रन बनाएको थियो । उसका लागि ओपनरद्वय क्लिन्टो एन्टोले ४१ र राभिजा सान्दारुवानले २६ रन बनाए । साथै मिट भाबसारले ३५ र बिताल ताहिरले ३२ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने नन्दन यादवले दुई र ललित राजवंशी तथा कुशल भुर्तेलले एक÷एक विकेट लिए ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

