शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध

तनहुँ | साउन २१, २०७९

शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध तस्बिर फाइल

 

तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।

 

सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”

 

देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ । 

काठमाडौं:   नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा...

थप पढ्नुहोस्

काठमाडौं: नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । यसअघि, संविधानको धार...

थप पढ्नुहोस्

पोखरा:  अटो व्यवसायी तथा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का पूर्व अध्यक्ष ध्रुव थापाले आफू कुनै राजनीतिक व्यक्ति, भ्रष्ट वा तस्कर नहुँदा पनि यहि भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आफ्नो घर र कार्यालय त...

थप पढ्नुहोस्