शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध
तनहुँ | साउन २१, २०७९
तस्बिर फाइल
तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।
सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

