हेटौडालाई तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि

पाेखरा | चैत २८, २०८१

हेटौडालाई तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डकोे उपाधि

पोखरा: तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । 


अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई  २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । 


उपाधिसंगै हेटौंडाले नगद  १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद  ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल खेलमा पहिलो हाफको १९ औं मिनेटमा हेटौडाका उमल मोक्तानले पहिलो गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए ।  


त्यस्तै  दोश्रो हाफको २७ औं मिनेटमा अटल बर्माले दोश्रो गोल गर्दै हेटौडाको उपाधी सुनिश्चित गराए । उक्त खेलमा प्लेयर अफ दी म्याच हेटौडाका उमल मोक्तान घोषित भए ।


त्यस्तै प्रतियोगितामा मोस्ट भ्यालुयबल प्लयेर अफ द टुर्नामेन्टको उपाधि हेटौडाकै उदय गुरुङले हात पारे । गुरुङले नगद १० हजार प्राप्त गरे । 


प्रतियोगिताका विजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, एबिसी क्लबका अध्यक्ष राजेश गुरुङ,  पोखरा महानगरपालिका वडा नं १० का सदस्य परमेश्वर बहादुर  कार्की, एबिसी हङकङका सल्लाहकार रक्षा गुरुङ, एबिसी युकेका सल्लाहकार भोज बहादुर गुरुङ, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, लगायतले पुरस्कार वितरण गरेका थिए ।


सो अवसरमा बोल्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले समाज रुपान्तरण र खेल क्षेत्रको बिकासको लागि एबिसी क्लबले महत्वपूर्ण योगदान पु¥याएको बताइन । 


एबिसी क्लबले भेट्रान्स फुटबल प्रतियोगिताको आयोजना गरी एक आपसमा भाइचारा अभिवृद्धि संगै शारिरीक तन्दुरुस्तका लागि समेत प्रौढ उमेर समुहलाई प्रेरिरत गर्ने काम गरेको समेत बताइन । 


अमरसिंह ब्वाइज क्लब एबिसीका अध्यक्ष राजेश गुरुङले बिगतका संस्करणहरु जस्तै तेस्रो संस्करणको भेट्रान्स कप सफलतापूर्वक सम्पन्न गराउन सहयोग गर्ने प्रति आभार ब्यक्त गरे ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्