ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
सर्लाही | चैत २९, २०८१
सर्लाही: सर्लाही हरिपुर्वामा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छभने एक जना घाइते भएकी छन् ।
आज बाँके-सङ्ग्रामपुर खण्डअन्तर्गत हरिपुर्वा नगरपालिका(९ मिर्चैया बजारमा ना५ख ३८५८ नम्बरको ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री ईश्वरपुर नगरपालिका-१३ श्रीनगरका १७ वर्षीया अञ्जली महतोको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोही साइकलको पछाडि सवार १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् ।
घाइते किशोरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्नाउ राईले बताउनुभयो ।
प्रहरीले घटनामा संलग्न ट्रक र चालक हरिवन नगरपालिका(१० ताइवानका ३१ वर्षीय लक्ष्मण विश्वकर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

