माओवादीका अध्यक्ष दाहाल जापानमा
काठमाडाैं | साउन २१, २०७९
काठमाडौं: पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पाँचदिने जापान भ्रमणका सिलसिलामा आज बिहान टोकियो पुग्नुभएको छ ।
जापानको टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष दाहाललाई जापानका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले स्वागत गर्नुभएको थियो ।
नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा अध्यक्ष दाहाल शुक्रबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । भ्रमणका क्रममा अध्यक्ष दाहालले आज जापानको फकुओकामा आयोजना हुने नेपाल फेस्टिभल समारोहको उद्घाटन गर्ने कर्यक्रम छ । अध्यक्ष दाहालले आइतबार जापानको हिरोसिमा क्षेत्रको भ्रमण गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । सो घटना भएको ७५ वर्ष पूरा भएको छ ।
उहाँले नेपाली जनप्रगतिशील मञ्च जापानले आइतबार टोकियोमा आयोजना गर्ने ‘समृद्ध नेपालको आधार आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयको खुला अन्तक्र्रियामा सहभागिता जनाउनुहनेछ । जापानमा रहँदा अध्यक्ष दाहालले जापानको सत्तारुढ दल लिबरल डेमोक्रयाटिक पार्टीका नेतासँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे उहाँको सचिवालयले जनाएको छ ।
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमा...
म्याग्दी: सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृ...

