पोखरा–३२ मा पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल, उपमेयरले गरिन् उद्घाटन

पाेखरा | बैशाख ६, २०८२

पोखरा–३२ मा पुन मगर समाजको ब्याडमिन्टन कभर्ड हल, उपमेयरले गरिन् उद्घाटन

पोखरा:   नेपाल पुन मगर समाज पोखरा–३२ वडा समितिले निर्माण गरेको ब्याडमिन्टन कभर्ड हलको शनिबार उद्घाटन भएको छ ।

 

तल्लो गगनगौंडामा निर्मित कभर्ड हलको पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले उद्घाटन गरिन् ।

 

समाजले ५२ लाख ७३ हजार १ सय ८३ रुपैयाँको लागतमा उक्त कभर्ड हल निर्माण गरेको हो ।

 

कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका समाजका अध्यक्ष तुलबहादुर पुर्जा पुनले पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकारको सहयोग र जनसहभागिता सहित कभर्ड हल निर्माण गरिएको बताए ।

 

युवालाई खेलकुद मार्फत स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने र खेलाडी उत्पादन गर्ने उद्देश्यले कभर्ड हल निर्माण गरिएको उनले उल्लेख गरे ।

 

उद्घाटन समारोहमा आय व्यय प्रतिवेदन प्रस्तुत गर्दै समितिका कोषाध्यक्ष भीमप्रसाद पुनले पुन मगर समाजका सदस्यले ६ लाख ४९ हजार ३ सय ९४ रुपैयाँ बराबरको श्रमदान गरेको बताए ।

 

पटक–पटक गरी समाजका सदस्यबाट १० लाख २३ हजार ७ सय ८९ रुपैयाँ नगद सहयोग संकलन गरेको उनले सुनाए ।

 

उनका अनुसार कभर्ड हल निर्माणका लागि महानगरपालिकाको ३२ नम्बर वडा कार्यालयबाट आर्थिक वर्ष ०७७÷७८ मा १ लाख रुपैयाँ प्राप्त भएको थियो ।

 

आर्थिक वर्ष ०७८÷०७९ मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले १५ लाख र आर्थिक वर्ष ०७९÷८० मा पोखरा महानगरपालिकाले २० लाख रुपैयाँ प्रदान गरेको थियो । 
 

कभर्ड हल उद्घाटन गर्दै महानगर उपप्रमुख गुरुङले खेल पूर्वाधार निर्माणले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताइन् ।

 

‘शारीरिक र मानसिक रुपमा स्वस्थ रहँदै दक्ष खेलाडी उत्पादन गर्न कभर्ड हलले भूमिका खेल्नेछ,’ उनले भनिन् । उद्घाटन समारोहमा कभर्ड हल बनाउन सहयोग गर्ने संघसंस्था, चन्दादातालाई सम्मान गरिएको थियो । 
 
 

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्