आज पनि शिक्षकहरुको प्रदर्शन जारी
काठमाडाैं | बैशाख ७, २०८२
काठमाडौं: शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरुले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
उनीहरु माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढिरहेका छन् ।
अघिल्ला दिनहरुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज राप्रपाको प्रदर्शनलाई लक्षित गरी बिहानै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बिहान ९ बजेदेखि १२ बजेसम्म प्रदर्शन गर्ने जनाएका छन् । यद्यपि राप्रपाले बिहान ११ बजेदेखि नै बिजुली बजार क्षेत्रमा भेला हुने भनेकाले शिक्षकहरुले आज प्रदर्शन छोट्याउने तयारी गरेका छन् ।
शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेका छन् ।
सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्ताल घोषणा गरेर सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन् ।
शिक्षकहरुको प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ ।
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...
काठमाडौँ । मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...
पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

