पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले भने –‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो’

काठमाडाैं | बैशाख ७, २०८२

पक्राउ परेपछि राप्रपा अध्यक्ष लिङ्देनले भने –‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो’ FILED PHOTO

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पक्राउ परेसँगै वर्तमान सरकारलाई निरंकुश सरकार भएको बताएका छन् ।

 

प्रहरी नियन्त्रणमा रहेको क्रममा मिडियाकर्मीहरुसँग बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

 

पक्राउ परेपछि सोही प्रसंगमा मिडियाकर्मीले के भन्न चाहनुहुन्छ ­?  भन्ने प्रश्नमा उनले जवाफिदै भने–‘निरंकुश सरकारले गर्ने काम भनेकै यही हो । यसमा हामीले अचम्म मान्नुपर्ने कारण नै छैन । जे पनि भोग्न तयार छौ ।’

 

सिंहदरबार भित्रै विभिन्न प्लेकार्डसहित प्रदर्शन गरेपछि अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्