दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

चितवन | जेठ ८, २०८२

दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

चितवन:  चितवनको भरतपुर महानगरपालिका–२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् ।


आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्वरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ९८९७ नम्वरको ट्रक एक आपसमा ठक्कर खाँदा सात जना घाइते भएका हुन् ।


दुर्घटनामा दुवै ट्रकमा क्षति पुगेको छ । घाइतेको भरतपुरका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनाले जानकारी दिनुभयो ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्