पिएम कप: एपिएफको विजयी सुरुवात
पाेखरा | जेठ ८, २०८२
पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ ।
एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले पहिलो सेट र दोस्रो सेट क्रमशः २५–१० र तेस्रो सेट २५–१५ ले पराजित ग¥यो ।
अहिले महिलातर्फ नै त्रिभुवन आर्मी क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यो समाचार तयार पार्दासम्म दुवै टिमले १÷१ सेट आफ्नो पक्षमा पारेका छन् ।
आज नै पुरुषतर्फ चार खेल हुनेछ । महिला तथा पुरुष दुवैतर्फका विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टिमले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

