एपिएफ, गण्डकी, हेल्प नेपाल र नेपाल पुलिस क्लबकोे विजयी सुरुवात
महिलातर्फ एपिएफ र एभरेष्टको विजयी सुरुवात
पाेखरा | जेठ ८, २०८२

पोखरा: पोखरामा आजदेखि सुरु भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगको पुरुषतर्फ नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ ।
पोखरा रंगशालाको बहुउद्धेश्यीय कभर्ड हलमा भएको पुरुषतर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेश भलिबललाई ३–० को सोझो सेटमा पराजित ग¥यो । एपिएफले सुदूरपश्चिमलाई २५–१९, २५–१६ र २५–१६ ले पराजित ग¥यो ।
दोस्रो खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई ३–१ को सेटमा पराजित ग¥यो । गण्डकीले पहिलो सेट २५–१५ ले सहजै जितेपनि दोस्रो सेट २२–२५ले कोशीलाई सुम्पियो । तेस्रो सेटमा २५–२२ ले पूनरागमन गरेको गण्डकीले चौथो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो ।
तेस्रो खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट हेल्प नेपालले ३०–२८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २० ले जित्यो ।
चौथो खेलमा नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई पराजित ग¥यो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २९–२७ ले पुलिसले आफ्नो पक्षमा पा¥यो । दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२४ जित्यो ।
महिलातर्फको पहिलो खेलमा नेपाल एपिएफ क्लब र बुटवलको एभरेष्ट भलिबल क्लबले विजयी सुरुवात गरेको छन् । महिलातर्फको पहिलो खेलमा एपिएफ क्लबले कोशी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित ग¥यो ।
दोस्रो खेलमा बुटवलको एभरेष्ट भलिबल क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ ।
महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं: नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ । ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४...
मुस्ताङ: झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...
गलकोट: सेवालाई गुणस्तरीय बनाउँदै लगेको धवलागिरि प्रादेशिक अस्पताल बागलुङमा पुगेका बिरामीको एउटै गुनासो हुन्छ–चिकित्सकले लेखेका औषधि पाइएन । अस्पताल फार्मेसीमा पुगेका अधिकांश स्वास्थ्य बीमामा आबद्ध ...