चितवनमा बस र कार ठोक्कियो, कार चालक प्रदिपको मृत्यु

चितवन | जेठ ९, २०८२

चितवनमा बस र कार ठोक्कियो, कार चालक प्रदिपको मृत्यु

चितवन:  चितवनको खैरहनिमा गएराती दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खाँदा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।


आज बिहान १ः४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा भएको दुर्घटनामा कार चालक खैहरनी नगरपालिका ८ बस्ने ४२ वर्षिय प्रदिप तिमिल्सिनाको मृत्यु भएको हो ।


दुर्घटनामा गम्भीर घाइते भएका तिमिल्सिनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । बस र बसका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्