हल्लाप्रति नेपाली कांग्रेसको आपत्ति

काठमाडाैं | जेठ ९, २०८२

हल्लाप्रति नेपाली कांग्रेसको आपत्ति तस्बिर फाइल

काठमाडौं:  नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भएको भ्रामक र कपोलकल्पित समाचारप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएको छ । 


पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको गम्भीर ध्यानाकृष्ट भएको बताए ।


विज्ञप्तिमा उल्लेख छ, “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उहाँको धारणा भनी सञ्चार माध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो । पार्टी सभापतिले कहीँ कतै नबोलेको, नभनेको र नसोचेको कुरालाई मनगढन्ते ढङ्गले आम सञ्चारको माध्यमलाई दुरुपयोग गर्दै प्रचारमा ल्याउनु पत्रकारिताको मर्म र भावना विपरीत हो।”


“जो सुकैले यस्तो कार्य गरेको भए पनि यस्ता भ्रामक र कपोलकल्पित समाचारको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस सबै आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्न प्रतिबद्ध रहेको दोहो¥याउँदै यस्ता समाचारप्रति विश्वास नगर्न आमनागरिकलाई अपिल गर्दै अव्यक्त कुरा सञ्चार माध्यममा सम्प्रेषण नगर्न सञ्चारकर्मी मित्रहरूलाई आग्रह गर्दछ ।”


ऐतिहासिक जनआन्दोलन २०६२÷६३ मा नेपाली जनताको अभूतपूर्व त्याग र वलिदानबाट प्राप्त उपलब्धि सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको संरक्षण र संवर्धन गर्दै नागरिकलाई पूर्ण स्वतन्त्रता, समानता र सामाजिक न्यायसहितको लोकतान्त्रिक व्यवस्थाका लागि सभापति देउवाले सदैव नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहनुभएको विज्ञप्तिमा जनाइएको छ ।  

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्

काठमाडौं:  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार...

थप पढ्नुहोस्

पोर्चुगल:  वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे ब...

थप पढ्नुहोस्