विन्ध्येश्वरी आदर्शमा शुक्रबारीय विविध कार्यक्रम
पाेखरा | जेठ ९, २०८२
पाेखरा: ‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित सञ्चालनमा रहेको विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय विविध कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत कलर सेलिब्रेशन तथा नेपाली शब्दखेल प्रतियोगिता सम्पन्न भएको हो ।
कलर सेलिब्रेशन कार्यक्रममा पूर्व प्राथमिक तहमा कक्षा नर्सरीदेखि कक्षा एकसम्मका विद्यार्थीहरु रङ चिनाउने उद्देश्यले रातो रङको प्रर्दशन गरिएको थियो ।
उक्त कक्षाका विद्यार्थीहरु तथा शिक्षकहरु रातो पोशाक लगाउनको साथै विभिन्न रातो रङको शैक्षिक सामाग्री प्रर्दशन गरिएको थियो ।

यसैगरी आधारभूत (जुनियर) तह नेपाली शब्दखेल प्रतियोगितामा रातो (कोशी) सदन प्रथम र पहेँलो (वागमती) सदन द्वितीय भए ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त कार्यक्रमको विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण भएको थियो । भने, सो कार्यक्रमको सञ्चालन प्रावि तहकी नेपाली शिक्षिका शर्मिला शर्माले गरेकी थिइन् ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

