‘लिटिल बुद्ध’ का नामले चर्चित बम्जन पुर्पक्षका लागि कारागार चलान

काठमाडाैं | जेठ १३, २०८२

‘लिटिल बुद्ध’ का नामले चर्चित बम्जन पुर्पक्षका लागि कारागार चलान

सर्लाही:    विवादित धर्मगुरु रामबहादुर बम्जन भनिने रामलाल बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

 

‘लिटिल बुद्ध’ का नामलेसमेत चर्चित बम्जनलाई न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले सोमबार थुनामा राख्ने आदेश गरेको हो ।

 

देशसँगै उनलाई मलंगवा कारागार चलान गरिएको छ ।

 

सम्पति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) कसुरमा बम्जनमाथि ५ फागुन २०८१ मा सर्लाही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

मुद्दा सुनवाइका क्रममा बम्जन जिल्ला अदालत आउँदा ठूलो संख्यामा उनका समर्थक तथा अनुयायीहरू अदालत अगाडि जम्मा भएका थिए ।

 

यसअघि पनि सर्लाही जिल्ला अदालतले बम्जनलाई एक नाबालिका अनुयायी ‘आनी’ माथि यौन दुराचार गरेको आरोपमा सजाय सुनाएको थियो ।

 

बम्जनलाई जिल्ला अदालतले १० असार २०८१ मा १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो ।

पोखरा ।  ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...

थप पढ्नुहोस्

कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

थप पढ्नुहोस्

महेन्द्रनगर:  कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई  पक्राउ गरेको छ ।      बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

थप पढ्नुहोस्