३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, अर्का गम्भीर

नवलपरासी | जेठ १३, २०८२

३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु, अर्का गम्भीर

नवलपरासी पूर्वमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।  

 

मृत्यु हुनेमा  मध्यविन्दु– ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन रहेका छन् । भने, बर्दाघाट नगरपालिका–५ घर भई चोरमारामा बस्दै आएका २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । 

 

उनलाई थप उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 


मंगलबार बिहान करिब ६ बजे अम्रराबाट चोरमारा आउँदै गरेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलको भित्री सडकमा दुर्घटनामा परेको थियो ।

सिरहा ।   जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजारमा जारी कर्फ्यु आदेश आज साँझसम्मका लागि खुकुलो बनाइएको छ ।   प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थ...

थप पढ्नुहोस्

काठमाडौँ ।  मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जितेकी छिन् । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उनले ताज हात पारेकी हुन् । &nbs...

थप पढ्नुहोस्

पोखरा ।    सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, जरेवर–६ शाखाको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा...

थप पढ्नुहोस्