वीरगञ्जका कैदीबन्दीद्वारा रक्तदान
विरगञ्ज | जेठ १५, २०८२
तस्बिर फाइल
वीरगञ्ज: गणतन्त्र दिवसका अवसरमा कारागार कार्यालय वीरगञ्जमा सेवारत तीन सशस्त्र प्रहरीसहित १४० जना कैदी बन्दी तथा थुनुवाले रक्तदान गरेका छन् ।
वीरगञ्जमा रगतको अभावलाई मध्यनजर गरेर आज यहाँ रक्तदान कार्यक्रम गरिएको थियो । १३४ जना पुरुषकैदी बन्दी, तीन जन महिला कैदी बन्दी र तीन जना सशस्त्र प्रहरीले रक्तदान गरेका हुन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कैदी जीवन बिताइरहेका कैदीबन्दीले रक्तदान गरेर सह्रानीय काम गरेको बताए ।‘
‘विभिन्न कारणले कैदी जीवन बिताइरहेका कैदीले अन्य मान्छेको जीवन जोगाउनको लागि रक्तदान गरेर महत्त्वपूर्ण कार्य गर्नुभएको छ,’ उनले भने, ‘कैदी जीवन बिताइरहेकाहरूलाई रचनात्मक र सिर्जनात्मक भएर अघि बढ्नका लागि अनुरोध गर्दछु ।’
कार्यक्रम संयोजक दिलीपराज कार्कीले कुनै विषम परिस्थितिमा कसुर गरेर सजाय भुक्तान गरिरहेका कैदीबन्दीले अन्य मानिसको जीवन जोगाउनको लागि रक्तदान गरेर सह्रानीय काम गरेको बताए ।
‘वीरगञ्जमा रगतको चर्को अभाव भएको महसुस गरेर नै रक्तदान कार्यक्रम गरेका हौँ,’ उनले भने, ‘रगतको अभावमा छट्पटिरहेकाहरुका लागि यो कार्यक्रमले विशेष अर्थ राख्नेछ ।’
कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख रूपक मण्डलले कारागारमा थुनुवा तथा कैदी बन्दी गरेर करिब एक हजार ३००को हाराहारीमा रहेको जानकारी दिए ।
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...
पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ । जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो । जातीय भेदभाव...
गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

