प्रधानमन्त्री कप एनभिए: महिलातर्फ पुलिस च्याम्पियन

पाेखरा | जेठ १५, २०८२

प्रधानमन्त्री कप एनभिए: महिलातर्फ पुलिस च्याम्पियन तस्बिर फाइल

पोखरा:    पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फ नेपाल पुलिस क्लब लगातार दोस्रो पटक च्याम्पियन भएको छ । 


पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो । 


पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २२–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट २८–२६ ले जित्यो । पुलिसले चौथो सेट २५–१४ को जित निकाल्यो । 


च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । 


यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ । 


थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो । 


यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो । 

यस्तै पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्