प्रधानमन्त्री कप एनभिए: हेल्प नेपाल च्याम्पियन
महिलातर्फ पुलिस च्याम्पियन
पाेखरा | जेठ १५, २०८२
पोखरा: पोखरामा सम्पन्न भएको नवौें प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल च्याम्पियन भएको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा भएको पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले गण्डकी प्रदेशलाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै प्रतियोगितामा च्याम्पियन भएको हो ।
हेल्प नेपालले गण्डकी प्रदेशलाई २०–२५, २५–२७, २५–२२, २५–१४ र पाँचौ तथा निर्णायक सेट १५–८ को जित निकाल्यो । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन भएको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबले टिपटप न्यु डायमण्ड स्पोर्टस् क्लबलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।
पुलिसले पहिलो सेट २५– २० ले जितेपनि दोस्रो सेट २३–२५ ले गुमायो । दोस्रो सेटमा एक समय १६–२० ले पछि परेपनि उत्कृष्ट पूनरागमन गर्दै २०–२० बराबरी गरेपनि सेट गुमायो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट ३०–२८ ले जित्यो । पुलिसले चौथो सेट २५–१५ को जित निकाल्यो ।
च्याम्पियन बनेको पुलिसले ८ लाख, उपविजेता डायमण्डले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् । न्यु डायमण्ड र पुलिस नेपाल हुने काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् ।
यस्तै महिलातर्फको तेस्रो स्थानका लागि भएको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
थाइल्याण्डका तीन खेलाडी सम्मिलित एभरेष्टले एपिएफलाई २५–१८, १०–२५, २५–२३ र २९–२७ को जित निकाल्यो ।
यस्तै पुरुषतर्फको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । पुलिसले आर्मीलाई २७–२५, २५–२०, २३–२५ र २५–१४ ले जित निकाल्यो ।
नेपाल भलिबल संघको आयोजनामा भएको नवौं प्रधानमन्त्री कप– एनभिए महिला तथा पुरुष दुवैतर्फका विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

