गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाऔं: प्रदेश प्रमुख भट्ट
पाेखरा | जेठ १६, २०८२
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतन्त्र र संघीयताको अभ्यासलाई जीवन्त, प्रभावकारी र जनतामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको गणतन्त्र दिवस समारोहका प्रमुख अतिथि भट्टले संविधानबाट प्राप्त अधिकार जनताको सेवा र हितमा हुनुपर्नेमा पनि जोड दिनुभयो ।
‘संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्ना अधिकार र जिम्मेवारी दिएको छ । ती अधिकारको प्रयोग जनताको सेवा र हितमा हुनुपर्छ ।’ उहाँले भन्नुभयो – ‘अधिकारको प्रयोग समन्वयात्मक, पारदर्शी र उत्तरदायी ढंगले गरेमात्रै संघीयताको सफल कार्यान्वयन हुनेछ ।’

स्थानीय सरकारले सेवा नजिक पु¥याएको र प्रदेश सरकारले क्षेत्रीय सन्तुलन र नीतिगत सहजीकरणमा योगदान पु¥याइरहेको उल्लेख गर्दै उहाँले पछिल्ला वर्षहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, वातावरण, महिला सशक्तिकरण, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा सकारात्मक परिवर्तनको अनुभूति गर्न थालेको उल्लेख गर्नुभयो ।
उहाँले थप्नुभयो – ‘अझै पनि स्रोत साधनको सीमितता, जनशक्ति व्यवस्थापनको चुनौती, नीति र कार्यान्वयनबीचको दूरीजस्ता केही अप्ठ्याराहरू छन्, जसलाई समाधान गर्नु हामी सबैको साझा दायित्व हो । त्यसैले हामी सबैले संविधानमा उल्लेखित भावना र मूल्यमान्यताको रक्षा गर्दै, सहकार्य, समन्वय र साझा उत्तरदायित्वका साथ अघि बढ्नुपर्नेछ ।’



पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

