नेपालद्वारा नेदरल्याण्ड्स पराजित
काठमाडाैं | जेठ २८, २०८२
काठमाडौं: आइसिसी क्रिकेट विश्वकप लिग–२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ ।
जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । नेपालले यसअघि भएको पहिलो खेलमा पनि नेदरल्याण्ड्सलाई हराएको थियो ।
स्कटल्यान्डको डन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो । तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई दिनु परेपछि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो । तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भएको हो ।
नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन÷तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारे ।
नेदरल्याण्ड्सका लागि वेस्ली बारेसीले ६० बलमा ३ चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे । त्यसैगरी कप्तान स्कट एडवार्डस ४७ बलमा २ चौकाको सहयोगमा ३० रनमा आउट भए । नोहा क्रोसले २७ बलमा ४ चौकाको सहयोगमा २२ रन जोडे । क्लेनले ४६ बलमा १ छक्काको सहयोगमा २५ रन जोडे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए ।
यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५÷३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११÷११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।
नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिएका थिए ।
त्रिकोणात्मक सिरिजमा यसपटक नेपालले चार मध्ये तीन खेल जितेको छ । नेपालले स्कटल्याण्डसँगको पछिल्लो खेलमा दुई रनले पराजित भएको थियो ।
नेपाल ८ राष्ट्र सहभागी लिग टु मा १६ खेलमा १२ अंकका साथ सातौं स्थानमा छ । नेदरल्याण्ड्स २३ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...
गण्डकी: ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...
तनहुँ: मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

