प्रतिनिधि सभामा प्रतिपक्षी दलको अवरोध, अर्को बैठक बिहीबार बस्ने

काठमाडाैं | जेठ २८, २०८२

प्रतिनिधि सभामा प्रतिपक्षी दलको अवरोध, अर्को बैठक बिहीबार बस्ने

काठमाडौं:   प्रतिनिधि सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बुधबार दिउँसो बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक बिहीबारका लागि सरेको हो। 


बुधबार दिउँसो १ बजेका लागि बोलाइको बैठक सभामुख र प्रमुख दलका प्रमुख सचेतकसँगको छलफलपछि दिउँसो ३ः१५ बजेका लागि सरेको थियो। 


तोकिएको समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रतिपक्षी दलले अवरोध गरेपछि समामुख देवराज घिमिरेले बिहीबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनुभएको हो। 


प्रतिनिधिसभाको अवरोध खुलाउने सन्दर्भमा सत्तापक्ष र प्रतिपक्षी दलहरूबिच निरन्तर प्रयास भइरहे पनि सहमति जुट्न सकेको छैन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएपछि प्रतिपक्षी दलले सदन अवरोध गर्दै आएका छन्।  


भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका हुन् ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्