पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार

पाेखरा | जेठ २८, २०८२

पोखरामा दुई वटा  प्याराग्लाइडिङ दुर्घटना, चार जनाको सकुशल उद्धार

पोखरा:   पोखरामा आज दिउँसो ल्यान्डिङ गर्ने क्रममा दुई वटा  प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् ।  पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बीच भागमा खसेको हो । 


सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले चार जनालाई दिउँसो करिब ३ बजे सकुशल उद्धार गरेको  हो ।


उद्धार गरिएकाहरूमा भारतको बनारस घर बताउने ४१ वर्षीय अकलेस यादव र ३५ वर्षीय चन्दनकुमार पटेल तथा अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाई प्याराग्लाइडिङ पाइलट २८ वर्षीय विश्वास अधिकारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

पोखरा ।     जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषध कारोबार, सेवन र समाजमा अशान्ति फैलाउने गतिविधि नियन्त्रण गर्न १० घण्टा लामो विशेष ‘स्वीप अपरेसन’ चलाएको छ । उक्त अपरेसनबाट १० घण्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई ४ महिना १५ दिन जेल सजाय हुने भएको छ ।   जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरिदिएको हो ।   जातीय भेदभाव...

थप पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् ।   २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले पछिल्लो समय नागरिक स्तरबाट आफ्नो शेयरलगायतका विषयमा उठेका प्रश्न र जनचासोलाई...

थप पढ्नुहोस्