सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडक आन्दोलनमा

पाेखरा | जेठ २९, २०८२

सुनचाँदी व्यवसायी पसल बन्द गरेर सडक आन्दोलनमा

पोखरा:   नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा आपत्ति जनाउँदै आज देशभरका सुनचाँदी व्यवसायीहरुले पसल बन्द गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन् । 


नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ  र नेपाल हस्तकला महासंघले आज र भोली पसल बन्द गर्दै बजेटमा आपत्ति जनाएका हुन् । 


सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनमा विलासिता कर लगाएको , सुनका गहनामा प्रयोग हुने बहुमुल्य पत्थर र हिरामा १३ प्रतिशत भ्याट लगाएपछि व्यवसायीहरुल विरोध गर्दै आएका छन् । 


सुनचाँदी व्यवसायीहरुको तीन महासंघको केन्द्रिय सर्कुलर अनुसार व्यवसायीहरुले आज कास्कीका प्रमुख जिल्ला अधिकारी लाई ७ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका हुन् । 


व्यवसायीहरुले पोखराको सृजनाचोकमा जम्मा भएर नारा जुलुससहित रत्नचोक, वाइचोकहुँदै जिल्ला प्रशासन कार्यालय कास्कीमा गएर ज्ञापन पत्र बुझाएका हुन् । 


व्यवसायीहरुले हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, हिरा–जवाहरात जडित गहनामा लागू गरिएको मुल्य अभिवृद्धि कर तत्काल पुनविचार गरी खारेज गरिनुपर्ने, सुनचाँदी कारोबारलाई दीर्घकालिन रुपमा प्रोत्साहन गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गरिनुपर्ने माग गरेका छन् । 


यस्तै कर संरचना परिवर्तन गर्नु पूर्व मौजुदा व्यवसाय, रोजगारी तथा बजारमा पर्ने दुरगामी प्रभावहरुको विस्तृत अध्ययन गरियोस् र त्यसबिना करको दायरा नबढाइनुपर्ने । छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गरिनुपर्ने । विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणको लागि अन्र्तराष्ट्रिय मान्यता प्राप्त को व्यवस्था गरिनुपर्ने । 


यस्तै निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने व्यवस्था खारेज गरिपर्ने माग गरिएको छ । 


सुनचाँदी व्यवसायीहरुले माग सम्बोधनमा सरकारले वेवास्ता गरे कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्