पोखरामा भोलिदेखि गण्डकी प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिता

पाेखरा | जेठ ३०, २०८२

पोखरामा भोलिदेखि गण्डकी प्रदेशस्तरीय टि-२० क्रिकेट प्रतियोगिता

पोखरा: पोखरामा भोलिदेखि हुने तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि-२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । 


प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगिता जेठ ३१ देखि असार ६ गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । 


संघले आज (शुक्रबार) पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी समेत गराएको छ । 


क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता जनाउने अध्यक्ष सिग्देलले बताए । 


पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन हुनेछ ।  


समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।


उनका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् । 


अध्यक्ष सिग्देलले कठिन समय र परिस्थितीका बाबजुद प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा प्रतियोगिता आयोजना गरिएको बताए । 


उनले भने–“हामी संग स्रोत र साधनको अभाव छ । तर पनि हामी जुन सुकै कठिन परिस्थितीका बाबजुद यो प्रतियोगिता सञ्चालन गर्दैछौं । क्रिकेटको बढ्दो लोकप्रियता संगै विभिन्न जिल्लामा छरिएर रहेका यूवा पुस्तालाई एक्सपोजर दिन पनि यो प्रतियोगिताको भूमिका महत्वपूर्ण रहनेछ ।”


प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।


प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ । 


गण्डकी क्रिकेट संघका सदस्य समेत रहेका गौतमले क्रिकेटको विकासका लागि प्रदेश सरकारले प्रतियोगिता र पूर्वाद्धार विकासका लागि रकम विनियोजन गर्न आग्रह गरे । उनले भने–“हाम्रो मात्र प्रयासले क्रिकेटको विकास सम्भव छैन । यसमा प्रदेश सरकारको समेत उत्तिकै दायित्व रहन्छ । हरेक वर्ष वजेट विनियोजन भएमा खेलाडी उत्पादन सहज रुपमा अघि बढ्छ ।” 


संघले सञ्चारकर्मीहरूलाई प्रतियोगितालाई आफ्नो माध्यमबाट प्रचारप्रसार गरी खेलाडी र आयोजकको हौसला बढाइदिन समेत अनुरोध गरेको छ ।


प्रतियोगिता पोखरा रंगशालाको एक मात्र क्रिकेट मैदानमा हुनेछ, जुन आगामी यू–१९ महिला टि२० आई विश्वकप २०२७ को सम्भावित स्थल समेत हो ।
 

बागलुङ:   बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...

थप पढ्नुहोस्

गुल्मी:   गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।  मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...

थप पढ्नुहोस्