प्रचण्ड कप: पुलिस र एपिएफ उपाधिका लागि भिड्ने

तेस्रो स्थानको लागि डायमण्ड र एभरेष्ट भिड्ने

पाेखरा | जेठ ३०, २०८२

प्रचण्ड कप: पुलिस र एपिएफ उपाधिका लागि भिड्ने

पोखरा:  पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रबेश गरेका छन् । 


पोखरा रंगशालाको कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुई विभागीय क्लबले उपाधिको लागि स्थान पक्का गरेका हुन् । 


पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लब माथि ३–० को सोझो सेटमा विजयी गर्दै फाइलनमा स्थान पक्का ग¥यो ।  पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो । 


दोस्रो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । शनिबार दुबै टोलीले उपाधिको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन भने तेस्रो स्थानको लागि शनिबार ३ः०० बजे एभेरेष्ट बिरुद्ध  न्यु डायमण्ड बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए । 


प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्