गण्डकी प्रदेश तेस्रो टि-२० क्रिकेट: समूह ‘बी’तर्फ कास्कीको लगातार दोस्रो जित
पाेखरा | असार ४, २०८२

पोखरा: गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगितामा पर्वतले नवलपुर विरुद्ध शनसनीपूर्ण जित हात पारेको छ ।
पोखरा क्रिकेट खेल मैदानमा जारी प्रतियोगितामा पर्वतले नवलपुरलाई १५ रनले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो ।
त्यस्तै एक अर्को खेलमा कास्कीले गोरखा विरुद्ध १० विकेटले जित हात पारेको छ । यो संगै समुह बीको समिकरण रोचक मोडमा पुगेको छ ।
कास्की दुई खेलमा दुई खेल नै जित्दै ४ अंकका साथ अग्रस्थानमा रहँदा पर्वत र नवलपुर एक एक खेल जित्दै समान २–२ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
भोलि हुने खेलले फाइनलमा पुग्ने टिमको टुङ्गो समेत लाग्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए । भोलिको पहिलो खेल गोरखा र पर्वत तथा दोस्रो खेल कास्की र नवलपुरका बीच हुनेछ ।
यस अघि आज भएको पहिलो खेलमा पर्वतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लियो । निर्धारित २० ओभरमा पर्वतले ९ विकेट गुमाउँदै १३१ रन बनायो ।
टोलीका लागि अभिषेक थापाले ४० बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ५२ रन बनाए ।
अभिराज पटेलले २९ बलमा ३७ रन र बिनोद नेपालीले १० बलमा १४ रनको योगदान दिए ।
नवलपुरका लागि कमल परियार र सुदीप अर्यालले समान २–२ विकेट लिए भने अपराजित पौडेल, दीपक डुम्रे, र स्विकार श्रेष्ठले १–१ विकेट हात पारे ।
१३२ रनको लक्ष्य पछ्याउन ओर्लिएको नवलपुर १८.५ ओभरमा ११६ रनमै समेटियो । गौरव विष्टले २५ रन, स्विकार श्रेष्ठले १८ रन, र बिगत पाण्डेले १७ रन बनाए तापनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् ।
पर्वतका कप्तान अमृत गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २० रन दिँदै ३ विकेट लिए । राजु थापाले पनि ३.५ ओभरमा ४१ रन खर्चिएर ३ विकेट लिए भने बिनोद नेपालीले २ विकेट हात पारे । उत्कृष्ट बलिङ र कप्तानी प्रदर्शनका लागि अमृत गुरुङलाई प्लेयर अफ द म्याच घोषित गरियो ।
गोरखा विरुद्ध कास्कीको एकतर्फी दवदबा
त्यस्तै सम्पन्न दोस्रो खेलमा म्पन्न खेलमा कास्कीले गोरखालाई एकतर्फी खेलमा १० विकेटले पराजित गर्दै प्रभावशाली जित दर्ता गरेको छ ।
टस जितेर गोरखाले पहिला ब्याटिङ गर्ने निर्णय लियो । टोलीले १९.५ ओभरमै सम्पूर्ण १० विकेट गुमाउँदै जम्मा ९० रन मात्र बनाउन सक्यो । गोरखाका लागि स्वरुपराज श्रेष्ठले १४ बलमा २१ रन बनाए भने मेहुल श्रेष्ठले ४५ बलमा १८ रन जोडे ।
कास्कीका बलरहरू बीच सन्तुलित प्रदर्शन गर्दै सुबास भण्डारीले ३.५ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए भने सिब्रिन श्रेष्ठले २ विकेट तथा कृष्ण पौडेल र अर्जुन केसीले समान १–१ विकेट हात पारे ।
१ रन प्रति बलभन्दा कमको लक्ष्य पछ्याउन उत्रिएको कास्कीले गोरखाको बलिङलाई धज्जी उडाउँदै मात्र ८.४ ओभरमै ९४ रन बनाउँदै कुनै विकेट नगुमाई जित हात पा¥यो । अनिल गुरुङले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउँदै म्याच जिताए भने अर्का ओपनर अर्जुन कुमालले पनि २५ बलमा ३९ रन बनाए । अनिलको तूफानी ब्याटिङ प्रदर्शनका लागि उनलाई खेलको ’प्लेयर अफ द म्याच’ बने ।
प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा प्रतियोगिता ८ जिल्लाको सहभागिता रहेको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् । .
काठमाडौं: नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय...
काठमाडौं: गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु। ९०० र चाँदीे रु। ६५ ले बढेको हो । नेपाल सुनच...
लमजुङ: पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ बुङ झरना नजिक मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका ना...