कुकुर सुचिकृत गर्नुहोस, सुरक्षित रहनु होस: अध्यक्ष शाही

पाेखरा | असार ८, २०८२

कुकुर सुचिकृत गर्नुहोस, सुरक्षित रहनु होस: अध्यक्ष शाही

पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन  वडावासीलाई आग्रह गर्नुभएको छ ।


सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो ।
 

वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको  बताउनुभयो । 


शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उहाँको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् ।


गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ ।


सिमित श्रोत र साधनका वावजुद पनि वडाको समग्र विकासमा जुट्दै आएको बताउँदै वडाअध्यक्ष योगीले भन्नुभयो, जनसंख्याको आधारमा सवै भन्दा ठूलो र बसाई सराईको अत्याधिक चाप भएको यस वडावासीका कतिपय अपेक्षा पुरा गर्न सकिएको छैन । 


टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यव्दय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल,लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पार्नुभएको थियो ।
 
 

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्