विनियोजन विधेयकको पक्षमा मतदान गर्न एमालेको ह्विप
काठमाडाैं | असार ९, २०८२
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले विनियोजन विधेयक, २०८२/८३ को प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दलका सम्पूर्ण सदस्यहरूलाई ह्विप जारी गरेको छ ।
एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन गरिएको छ ।
नेपाल सरकारद्वारा गत जेठ १५ गते सङ्घीय संसद्मा पेस गरिएको आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक, २०८२ भोलि मङ्गलवार प्रतिनिधिसभाको बैठकमा निर्माणार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।
गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ । उनले २९ हजार ८९६ मत...
पोखरा: निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् । निकटतम प्रत...

