ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङको भिरमा रक क्लाइम्बिङ तालिम

पाेखरा | असार ९, २०८२

ट्रेकिङ गाइड प्रशिक्षार्थीलाई मेथलाङको भिरमा रक क्लाइम्बिङ तालिम

पोखरा:  पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई पोखरामा रक क्लाइम्बिङ तालिम  दिइएको छ । 


साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिइएको हो । 


ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा पोखरामा पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड तालिम संचालन भइरहेको छ । सोही तालिममा सहभागिलाई भिरमा रक क्लाइम्बिङको तालिम दिइएको हो । 


पोखरा महानगरपालिका वडानम्बर १८ को मेथलाङको भिरमा तालिम दिइएको हो । थ्री सिस्टर एड्भेन्चर ट्रेकिङले उक्त भिरलाई रक क्लाइम्बिङको प्रशिक्षण स्थलको रुपमा संचालन गदैँ आएको संचालक लक्की क्षेत्रीले जानकारी दिइन् । 


नयाँ युवालाई पर्यटन तर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको अयोजना गरिएको हो टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताए । 


रक क्लाइम्बिङ ट्रेकिङको विधा पनि हो आचार्यले भने पर्यटक पथ प्रदर्शक, ट्रेकिङका गाइडको लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिन्छ ।


टान गण्डकीका सहसचिव भूपेन्द्रकुमार लामा र लाक्पा शेर्पाले रक क्लाइम्बिङको तालिम दिएका थिए । 


ट्रेकिङ जादा आउन सक्ने जोखिमलाई मध्यनजर गरी रक क्लाइम्बिङमा तालिम दिएको रक क्लाइम्बिङका प्रशिक्षक लामाले बताए । 


विश्वभर रक क्लाइम्बिङको क्रम बढ्दै गएको र नेपालमा पनि रक क्लाइम्बिङ गर्ने पर्यटक बढ्दै गएको छ लामाले भने नेपालमा पनि यसले व्यवसायीकता लिने विश्वास व्यक्त गरे । 


प्रशिक्षक शेर्पाले २ सय ३० प्रशिक्षार्थीलाई दुइ दिनेमा क्लाइम्बिङको बेसिक तालिम दिइने बताए । 


२५ दिने तालिम जेठ २६ गतेबाट सुरु भएको थियो । पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइड र पोटर गाइड गरि ३ सय ५० जना तालिममा सहभागि भएका छन् । 

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्