साउनको तेश्रो सोमवार: ओमकारेश्वर मन्दिरमा दर्शनार्थिको भिड

पाेखरा | साउन २३, २०७९

साउनको तेश्रो सोमवार: ओमकारेश्वर मन्दिरमा दर्शनार्थिको भिड

 

गण्डकी:  साउन महिनाको तेश्रो सोमवार पोखरा १७ रातोपैह्रास्थित ओमकारेश्वर महादेव मन्दिरमा आज विहानैदेखि दर्शनार्थिको भिड लागेको छ ।

 

रातोपैह्रा सामुदायिक वन समुहमा अवस्थित शिव र गणेश मन्दिरको दर्शन पुजा आराधना सहित १०८ शिवलिङ्गमा गाईको दुध र सेतीनदीको पवित्र जल अर्पण गर्ने श्रद्धालु भक्तजनाको भिड लागेको हो ।

 

साउन महिना र सोमवार भगवान शिवकोवारका रुपमा लिइन्छ । उक्त दिन शिवको पुजा आराधना एवम् दर्शन गर्नाले मनोकांक्षा पुरा हुने विश्वास भक्तजनामा रहेको छ । भक्तजनले सेतीनदीमा स्नान गरि पवित्र जल ल्याएर शिवलिङ्गमा चढाउने प्रचलन छ ।

 

गाईको दुध, विभिन्न पुजा सामाग्री सहित फुल प्रसाद लिएर पोखरा आशपासबाट भक्तजनहरु दर्शन गर्न आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर थापाले जानकारी दिनुभयो ।
साउन महिनाको पहिलो र दोश्रो सोमवार भन्दा तेश्रोवार आज बढी दर्शनार्थी श्रद्धालु भक्तजनको भिड लागेको बताउँदै उहाँले भन्नुभयो यसलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्न सवैको साथ र सहयोग आवश्यक छ ।

 

ओमकारेश्वर मन्दिर लगायत पोखराका केदारेश्वर, गुप्तेश्वर महादेव, सदाशिव हरिहर महादेव लगायतका शिवालयहरुममा आज गाईको दुध र पवित्र जल चढाउने भक्तजनहरुको भीड लागेको छ । तस्वीर उपलव्ध छ ।
 

पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

थप पढ्नुहोस्

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्