महिला फुटबल: आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडाैं | असार १८, २०८२

महिला फुटबल: आज नेपाल र श्रीलङ्का भिड्दै

काठमाडौं:  एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र  श्रीलङ्काबीच स्पर्धा हुँदैछ । 


उज्वेकिस्तानको  तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । 


समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ ।  श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सातपटक खेलेको छ । 


फिफा वरियतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।

गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी भएका छन् ।   मतगणनाको अन्तिम नतिजाअनुसार उनी र अन्य दलका उमेदवारबीच फराकिलो मतान्तर देखिएको छ ।   उनले २९ हजार ८९६ मत...

थप पढ्नुहोस्

पोखरा:   निवर्तमान शिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो किताब बेच्ने अभियानलाई निरन्तरता दिएका छन् ।   प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि म्याग्दी पुगेका उनले केही समयका...

थप पढ्नुहोस्

सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यमा हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।   श्रम संस्कृति पार्टीका संस्थापक रहेका उनले ३५ हजार ७४१ मत ल्यायी विजयी हासिल गरेका हुन् ।   निकटतम प्रत...

थप पढ्नुहोस्