एसिसी पुरुष यु-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
काठमाडाैं | असार २१, २०८२
काठमाडौं: नेपालले एसिसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि जितेको छ । शनिबार सम्पन्न खेलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधिको रक्षा गरेको हो ।
नेपालले सन् २०२३ मा पनि यो कपको उपाधि जितेको थियो ।सिंगापुरले जितका लागि दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा भेटेको थियो ।
ओपनर परिमार्जन यादव १३ रनमा र शिवांश बजागाई २० रनमा आउट भए । लगतै रौनक श्रीवास्तव रन नजोडी आउट भए । तीन विकेटको नोक्सानीमा नेपालले ४० रन जोड्यो। चौथो विकेटको रूपमा प्रसिद्ध जैशी १७ रनमा र सुगम बुढाथोकी १ रनमा आउट भए । शुभम खनाल १९ रनमा, सचिन णट्ट १ रनमा र विपिन प्रसाद शर्मा शुन्य रनमा आउट हुँदा नेपाल दबाबमा आयो ।
९२ रन जोड्दा ८ विकेट गुमाउदा नेपाली टिम दवावमा परेको थियो । तर यसपछि जोय थापा अविजित २४ र अभय यादव अविजित १० रनमा रहँदै नेपाललाई २ विकेटको जित दिलाउन सफल रहे । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत भलिबल संघले नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा ...
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नम्बर ४ मा युवाहरूसँग आयोजित छलफल कार्...
काठमाडौं: नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो ऐतिहासिक जित निकालेको छ । महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रङ्गशालामा भ...

