सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल

पाेखरा | असार ३२, २०८२

सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल

पोखरा:  पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । 


गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।
    

अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज  निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा पुगेको छ ।
    

गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसाबले महत्वपूर्ण भएको बताउनुभयो । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उहाँको भनाई थियो ।
    

पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण बानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जु्ेको बताउनुभयो । 


पुल निर्माणले सो क्षेत्रका स्थानीयवासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उहाँहरुको सामुहिक भनाई थियो ।
    

पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी,सचिव विक्रमवावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्व माथि प्रकाश पार्नुभएको थियो । 
     

काठमाडौं:   नेपाल सरकारले गरेका निर्णयहरू सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज सार्वजनिक गर्नुभएको छ ।  उहाँले असार २३ गते र असार ३० गते गरेका २९ वटा मन्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदिमाथिको पुल अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका-४ र ५ जोड्ने मादीनदि पुलको काम तीव्र गतिमा भएसँगै हालसम्म ७१ प्रतिशत सम्पन्...

थप पढ्नुहोस्

ढोरपाटन:  हरिया अजङ्गका पहाड । त्यही पहाडका काखमा समथर मैदान । समुद्री सतहबाट चार हजार मिटरभन्दा अग्ला पहाडमा हिजोआज पदयात्राका लागि जाने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो याममा दैनिक जसो पर्यटक पदयात्रा...

थप पढ्नुहोस्