सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल

पाेखरा | असार ३२, २०८२

सेतीनदी माथि पटनेरी र सितापाईलाई जोड्ने पुल

पोखरा:  पोखराको दक्षिणी भेगस्थित पोखरा १७ को सितापाईला र १५ को पटनेरीलाई जोड्ने सेतीनदी माथिको मितेरी पुल निर्माण सम्पन्न भएको छ । 


गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार कार्यालय र स्थानीय जनसहभागिता सहित २२ लाख १४ हजार ६४५ रुपैयाको लागतमा सो पुल निर्माण सम्पन्न गरिएको हो ।
    

अठ्ठार मिटर लम्वाई र एक दशमल पाँच मिटर चौडाईको सो ट्रष्ट ब्रिज  निर्माणसंगै पटनेरीका करिव तीन सय घर परिवारलाई आवतजावतमा सुविधा पुगेको छ । पुल निर्माणले जानकी माविमा अध्ययनरत विद्यार्थीलाई समेत प्रत्येक्ष सुविधा पुगेको छ ।
    

गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले सो पुलको आज एक समारोहका बीच उद्घाटन गर्दै पुल सानो भएपनि सुविधाको हिसाबले महत्वपूर्ण भएको बताउनुभयो । जनताका आवश्यकता अनुसार विकास निर्माणमा प्रदेश सरकारले जोड दिंदै आएको उहाँको भनाई थियो ।
    

पोखरा महानगरपालिका वडा नं. १७ र १५ का वडाअध्यक्ष राधिका शाही योगी र तोरण बानियाले सिमीत श्रोत साधनको भरपुर उपयोग गर्दै वडाको विकास निर्माणमा जु्ेको बताउनुभयो । 


पुल निर्माणले सो क्षेत्रका स्थानीयवासिन्दाका साथै ऐतिहासिक माघे सक्रान्ति मेलाका दर्शक र नदीमा स्नान गर्ने भक्तजनलाई समेत सुविधा पुग्ने उहाँहरुको सामुहिक भनाई थियो ।
    

पुलनिर्माण उपभोक्ता समितिका अध्यक्ष मदन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र शर्मा भण्डारी, जानकी मावि व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङ, उपभोक्ता समितिका उपाध्यक्ष नारायण भण्डारी,सचिव विक्रमवावु भण्डारी लगायतले पुलको आवश्यकता र महत्व माथि प्रकाश पार्नुभएको थियो । 
     

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्