कला, साहित्य, प्रकृति, संस्कृतिको प्रवर्द्धन र संरक्षण गर्नु हामी सबैको दायित्व: प्रदेश प्रमुख भट्ट
पाेखरा | साउन ३, २०८२

पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोक संस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ ।
पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।
‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’
यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
यहाँ नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।
कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।
पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।
काठमाडौं: सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । &lsqu...
चितवन: नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले ...
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अ...