पूर्व फुटसल प्रशिक्षक गुरुङ लेख्छन्, ‘हामी फुटबल विकास भएको हेर्न चाहन्छौं, व्यक्ति र समूहको हैन’
कास्की | बैशाख १६, २०७९
पोखरा: पूर्व राष्ट्रिय फुटसल प्रशिक्षक विष्णु गुरुङले नेपाली फुटबलको क्षेत्रमा भएको विवादको विषयलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
गुरुङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु बिचको तक्राबलाई यथाशिघ्र निष्कर्ष दिएर एसियन कपको तयारीमा जुट्नुपर्ने धारणा राखेका हुन् ।
प्रशिक्षक गुरुङले (सामाजिक सञ्जाल) फेसबुकमा स्टाटस लेखेका छन्, ‘नेपाली राष्ट्रिय फुटबल टोलीका हेड कोचले दिनुभएको रिजल्टमा हामी एकदम आभारी छौं । तर रिजल्टमा समान रूपमा खेलाडीको पनि उच्च प्रदर्शन, मिहिनेत र त्यागको कदर छ । तसर्थ दुवै पाटो एकै रथका दुई पांग्रा हुन् ।
आशा गर्छु समसामयिक विषयमा सम्बन्धित निकाय र व्यक्तिले छिटो भन्दा छिटो निष्कर्ष निकालेर, आगामी एसियन कपको तयारीमा जुट्नुपर्छ । हामी फुटबल विकास भएको हेर्न चाहन्छौं । अन्त्यमा फुटबलको विकास हुनुपर्छ, व्यक्ति र समूहको हैन ।’ जय नेपाल, जय नेपाली फुटबल’ ।
यतिबेला नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्ला अलमुटाइरी र खेलाडीहरु विच तक्राब भैरहेको छ । यस विषयमा प्रत्यक्ष सरोकार राख्ने अखिल नेपाल फुुटबल संघ (एन्फा) भने मुखदर्शक बनिरहेको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटको च्याम्पियन आयोजक प्रतिभा मावि बनेको छ । प्रतिभा मावि पोखरा–३ नदीपुरको आयोजनामा भएको प्रतिभा सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक...
पोखरा: कास्की क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार कुशल गुरुङले पुराना दलको विकल्पमा नयाँ भनेरमात्र नहेर्न, एजेण्डा पनि हेर्न मतदातालाई आग्रह गरेका छन् । विभिन्न बस्त...
आइसिसी टी-२० विश्वकपमा आज तीन खेल हुँदैछ। आज हुने तीनमध्ये दुई खेल भारत र एक खेल श्रीलंकामा हुँदैछ। नेपाल रहेको समूहबाट स्कटल्याण्ड र इटाली भिड्दैछन्। कोलकाताको इडेन गार्डेनमा स्कटल्याण्ड र इटालीब...

