नेपाल विद्युत प्राधिकरण अन्तरगत गण्डकीका उत्कृष्ट उपभोक्तालाई सम्मान
पाेखरा | साउन ५, २०८२

पोखरा: नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ ।
उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले सम्मान गरेका हुन । सम्मानित सेवाग्राहीलाई धन्यवाद व्यक्त गर्दै कार्यकारी प्रमुख शाक्यले उपभोक्ताको कारण नै प्रधिकरणको विकास हुने र प्राधिकरणको विकास भए समग्र देशको विकास हुने बताए ।
उपभोक्ताहरुले प्रयोग गर्ने विद्युत दैनिक जिवनशैलीमा भन्दा बढी व्यवसायीक या औधोगिक कार्यमा लगाउन आग्रह गर्दै विद्युतीय संसाधनको प्रयोग गर्दा सजग र मितव्यायी हुन आग्रह गरेका छन ।
उनले हाल बेला–बेलामा विद्युत अवरुद्ध हुने समस्या प्राधिकरणको नभएर वितरण केन्द्रहरुमा भएको प्राविधिक समस्या भएको जिकिर गरे । हिउँदको समयमा बाहीरी मुलुकबाट समेत विद्युत आयात गरी उपभोक्ताहरुमाँझ सेवा पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको शाक्यको भनाई छ ।
गण्डकी प्रदेश अन्तरगत सबैभन्दा बढी र समयमै भुक्तानी गर्नेहरुमा होंसी शिवम सिमेन्ट प्राली(कावासोती वितरण केन्द्र), पोखरा औधोगिक क्षेत्र(पोखरा वितरण केन्द्र) गोर्खा व्रेवेरी लिमिटेड (कावासोती वितरण केन्द्र), सिजि सिमेन्ट, एनसेल प्राइभेट लिमिटेड(लेकनाथ वितरण केन्द्र), प्रफेक्ट व्लेन्ड (नेपाल) प्राईभेट लिमिटेड (कावासोती वितरण केन्द्र) सिजि ब्रिवेरी नेपाल लिमिटेड(कावासोती वितरण केन्द्र), जय श्री फुड प्राली (कावासोती वितरण केन्द्र), पोेखरा अन्तराष्ट्रिय एयरपोर्ट(पोखरा वितरण केन्द्र), मनिपाल कलेज अफ मेडिकल साईन्स(पोखरा वितरण केन्द्र) लगायत रहेका छन ।
उपभोक्ताहरुले बेलाबेला विद्युत अवरुद्ध हुने समस्याले उद्योगहरुले नोक्सान वेहोर्नुपरेको बताउँदै उक्त समस्याको समाधान खोज्न आग्रह गरेका छन । सो अवसरमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख विक्रम कुमार अमात्यले गण्डकी शाखा अन्तरगत निमार्ण र वितरण भएका आयोजनाहरुको बारेमा जानकारी गराएका थिए ।
काठमाडौं: सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । &lsqu...
चितवन: नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ । दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले ...
पोखरा: पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अ...