नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने
भक्तपुर | साउन २४, २०७९
द्वारकाधाम मन्दिरको नमूना
भक्तपुर । भक्तपुर–सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा नेपालकै पहिलो द्वारकाधाम निर्माण हुने भएको छ । भारतको चारधाम उतराखण्डस्थित बद्रिनाथ, तामिलनाडुस्थित रामेश्वरम, गुजरातस्थित द्वारकाधाम र उडिसास्थित जगनाथपुरीलाई भनिन्छ । गुजरातस्थित द्वारकाधाम स्वरुपको धाम बुधबार शिलान्यास गरिने पाथिभरा मन्दिरका मूल पूजारी गुरु अरविन्द शास्त्रीले जानकारी दिनुभयो । हिन्दू धर्मावलम्बीले मान्दै आएको चार धाममध्येको एक धाम हो द्वारकाधाम । नेपालका नागरिक द्वारकाधामको दर्शन गर्न गुजरात जाने गर्छन् ।
नेपालमा मुक्तिनाथ, पाशुपत, रुरु, र बरहा क्षेत्रलाई चारधाम भनिन्छ । नेपालमा निर्माण हुन लागेको द्वारकाधामका लागि करिब आठ रोपनी जग्गा अर्जुन बस्नेतलगायतले उपलब्ध गराउनुभएको र यसका लागि रु २० करोड खर्च लाग्ने अनुमान गरिएको छ । मन्दिर स्थानीय, प्रदेश र सङ्घीय, सरकार तथा विभिन्न दाताको सहयोगमा गरिने नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

