पोखराको ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ संचालनमा, परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा उदघाटन
पाेखरा | साउन १४, २०८२
पोखरा: पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ ।
अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् ।
उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्।
उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् ।
“अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ ।”, उनले भनिन् ।
उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् ।
“सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनेछ”, उनले भनिन् ।
उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे ।
अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे ।
उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् ।
अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । “यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ”, उनले भने।
बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ । आफ्ना बुवा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुुवरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए ।
बगैँचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलर देखि ३ सय ५० डलर सम्मको रुमको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू ९स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट० छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ ।
रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्म बाट ल्याइनेछ ।
बगैँचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ ।
रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ ।
स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैँचाको विशिष्टता भएको संचालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

